बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक

मङ्गलबार, २४ जेठ २०७९, २१ : ०८
मङ्गलबार, २४ जेठ २०७९

नेपाल बैंकले 'आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता' नामक वित्तीय साक्षरता पुस्तिका सार्वजनिक गरेको छ । प्रधान कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का, प्रधान कार्यालयका विभिन्न विभाग तथा डिभिजनका प्रमुखहरू लगायतको उपस्थितिमा उक्त पुस्तिका विमोचन गरिएको थियो । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले सम्पूर्ण नेपालीहरूमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिवृद्धि गर्न सो पुस्तिका उपयोगी हुने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रमहरूको प्रभावकारिताबाट नै आर्थिक समृद्धि हुन सक्ने विचार व्यक्त गरे । सहायक प्रमुख कार्यकारी अधिकृत खड्काले नेपाल राष्ट्र बैंकको मार्ग निर्देशन बमोजिम वित्तीय साक्षरताका कार्यक्रमहरू अगाडि बढाइएको धारणा व्यक्त गर्दै यस पुस्तिकाले वित्तीय साक्षरता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप