आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नाष्टका वैज्ञानिकले सिस्डोलमा गरे अध्ययन, केही दिनमा रिर्पोट दिने बालेनको भनाइ

मङ्गलबार, २४ जेठ २०७९, २० : ४९
मङ्गलबार, २४ जेठ २०७९

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का विज्ञ टोलीले फोहोर बिर्सनस्थल नुवाकोटको सिस्डोलमा अध्ययन गरेका छन् । मंगलबार काठमाडौं महानगरपालिकाको वातावरण शाखाका कर्मचारीसहित नाष्टका विज्ञ टोली सो क्षेत्रमा अध्ययनका लागि पुगेका थिए । 

डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको नास्टको विज्ञ टिमले फोहोरको लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन गरेको काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले जनाएका छन् । लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक विन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरिएको हो ।

सिस्डोलबाट संकलित तीनवटा नमुनाहरूको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्तमात्रामा लिच्चड मिसिएको देखिएको शाहले जनाएका छन् । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ । यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ । विज्ञ टोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको साहले जनाएका छन् । 

पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केहि दिनमा थाहा हुने र पूर्ण रिपोर्ट प्राप्त भएपछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि सुझाव गर्ने उनको भनाइ छ । नास्ट लगायत अन्य विज्ञहरुसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालिन समाधानको बारेमा छलफल र अभ्यास गरिने प्रमुख साहको भनाइ छ । 

यस्तै मंगलबार नै अमृता पौडेलको नेतृत्वमा गएको टोलीले सिस्डोल डाँडा अवलोकन गरेर सिस्डोललाई गन्धरहित बनाउन चाहिने जिवाणुको मात्रा र छर्ने विधि निर्क्यौल पनि गरेको छ । यसका लागि प्रारम्भिक कामहरु ३ दिन भित्र नै सुरु गर्ने गरि तयारी भइरहेको प्रमुख शाहले जनाएका छन् । फोहोरमैला बिर्सजनमा अवरोध भएकोमा मंगलबारदेखि फेरि काठमाडौंको फोहोर विसर्जन गर्न थालिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप