सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बन गर्न अख्तियारको पत्र

मङ्गलबार, २४ जेठ २०७९, २० : ३२
मङ्गलबार, २४ जेठ २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अख्तियारले  भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेको जनाएको हो । 

अख्तियारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई लेखेको पत्रमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका अवस्थामा स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएकाले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न उल्लेख गरेको छ । 

अख्तियारका अनुसार कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष देवीदत्त उपाध्याय, मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरी, अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावल र नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारीलाई निलम्बन गर्न भनिएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप