बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

जिसस कालिकोटमा माओवादी केन्द्र विजयी

मङ्गलबार, २४ जेठ २०७९, २० : ०१
मङ्गलबार, २४ जेठ २०७९

कालिकोट जिल्ला समन्वय समितिमा नेकपा माओवादी केन्द्रले आफ्नो वर्चश्व जमाएको छ । प्रमुख÷उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको हो ।

प्रमुखमा माओवादी केन्द्रका धनजित शाही विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शाही विजयी भएका हुन् । उनलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले साथ दिएका थिए । उपप्रमुखमा पनि माओवादी केन्द्रकै  मिना रावत विजयी भएकी छन् ।

जम्मा १८ मत रहेको कालिकोटमा गठबन्धनका उम्मेदवारहरूले १५ र एमालेका उम्मेदवारहरूले दुई मत मात्र पाए । बाँकी एक जना मतदाता उपस्थित भएनन् । सदस्यमा पनि माओवादीकै वर्चश्व रहेको छ । माओवादी केन्द्रका ४, काँग्रेसका दुई र एकीकृत समाजवादीका एक जना सदस्य निर्वाचित भएका छन्। यहाँ माओवादी, काँग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारको तालमेल थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप