बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित ४ चिनियाँ र एक नेपाली पक्राउ

मङ्गलबार, २४ जेठ २०७९, १९ : २३
मङ्गलबार, २४ जेठ २०७९

काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ बरामद गरेको हो ।  

उक्त रकमसहित नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिकसहित ५ जनालाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभात नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उक्त रकम फेला पारिएको उनले बताए ।

उक्त रकम कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त नगदसहित चालक गुरुङलगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद रकमसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी मैनालीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप