बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मेडिकल काउन्सिलद्वारा लाइसेन्स परीक्षाकाे तालिका सार्वजनिक

मङ्गलबार, २४ जेठ २०७९, १८ : ३३
मङ्गलबार, २४ जेठ २०७९

नेपाल मेडिकल काउन्सिलले वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गर्दै स्नातक तह २ चरण र स्नातकोत्तर तहको दर्ता परीक्षा (लाइसेन्स परीक्षा)को ३ चरणमा हुने जनाएको छ ।

काउन्सिलको जारी सूचना अनुसार स्नातक तह लाइसेन्स परीक्षा असोज ६, ७ र ८ गते गर्ने भएको छ भने यस्तै, अर्को चरण माघ १२, १३ र १४ गते परीक्षा हुने छ । त्यस्तै, स्नातकोत्तर तहको तीन चरणमा गर्ने भएको छ । जसमा परीक्षा साउन ६ र ७ गते परीक्षा गर्ने भएको छ भने मंसिर ९ र १० गते र चैत १७ र १८ गते परीक्षा लिने भएको छ ।

काउन्सिलले साउन ६ र ७ गते अर्थात शुक्रबार र शनिबार हुन गइरहेको विशेष परीक्षा जेठ २० देखि असार २२ गतेसम्म आवेदन फारम भर्न आग्रह गरेको छ । काउन्सिलले विदेशमा भर्ना भई कोभिडका कारण नेपालमा इन्र्टनशीप गरिरहेका विद्यार्थीहरुले परीक्षामा सामेल हुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तोकेको अवधिको इन्टर्नशीप पूरा गरेको र आफु भर्ना भएको विश्वविद्यालयको अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप