नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक
नेपाल बैंकले “आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता” नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्बजनिक गरेको छ । जेठ २३ गते प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का, प्रधान कार्यालयका बिभिन्न बिभाग तथा डिभिजनका प्रमुखहरु लगायतको उपस्थितिमा उक्त पुस्तिका विमोचन गरिएको हो ।
बैंकको मार्केटिङ तथा रिसर्च डिभिजनले तयार गरेको सो पुस्तिका विमोचन समारोहमा बैंकका सम्पूर्ण प्रदेशका प्रमुख र शाखा प्रबन्धकहरुकोसमेत भर्चुअल रुपमा उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले सम्पूर्ण नेपालीहरुमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिबृद्धि गर्न सो पुस्तिका उपयोगी हुने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रमहरुको प्रभावकारीताबाट नै आर्थिक समृद्धि हुन सक्ने विचार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध