बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन कायमै रहन्छ : अध्यक्ष नेपाल

मङ्गलबार, २४ जेठ २०७९, १७ : ३८
मङ्गलबार, २४ जेठ २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धन कायमै रहने बताएका छन् । 

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जलि दिन आज सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै  संघीय र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए । “उम्मेदवारका विषयमा गठबन्धनबीच छलफल भइरहेको छ”, उनले भने । उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरी टुङ्गो लगाइने उनको भनाइ थियो । 

आफ्नो पार्टीबाट छिट्टै नै मन्त्री परिवर्तन हुने अध्यक्ष नेपालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप