बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

मङ्गलबार, २४ जेठ २०७९, १७ : १५
मङ्गलबार, २४ जेठ २०७९

भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । पाँच महिला सदस्य र तीन अल्पसंख्यक तथा दलित सदस्य गरी जम्मा आठजना नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका सबै उमेदवार विजयी भएका छन् ।

महिला सदस्यमा नेपाली काँग्रेसकी सिर्जना अधिकारी, नर्वदा सापकोटा, सुकमाया परियार, शारदा पोख्रेल र माओवादी केन्द्रकी विना नेपाली निर्वाचित भए । अल्पसंख्यक र दलिततर्फ काँग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र एकीकृत समाजवादीकी कोपिला उपरकोटी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए । नगर कार्यपालिकाको निर्वाचनमा एमालेका कुनै पनि उमेदवार निर्वाचित हुन सकेनन् । 

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा १४७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। जसमध्ये काँग्रेसबाट ७७, एमालेबाट ५०, माओवादी केन्द्रबाट १०, एकीकृत समाजवादी पार्टीबाट ५, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ र एकजना स्वतन्त्रबाट निर्वाचित भएका थिए । तिनै जनप्रतिनिधिले मंगलबार नगर कार्यपालिकाको निर्वाचनमा मतदान गरेका थिए।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप