बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरमा सुरु भयो अनलाइन भुक्तानी प्रणाली

मङ्गलबार, २४ जेठ २०७९, १७ : ०१
मङ्गलबार, २४ जेठ २०७९

भरतपुर महानगरपालिकामा मंगलबारदेखि घरमै बसेर कर तिर्न सकिने अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा आएको छ । आफ्ना करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकून् भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो ।

भरतपुर महानगरपालिकामा तिर्ने राजस्व, कर, दस्तुरलगायतका सम्पूर्ण शुल्क अनलाइन प्रणालीबाट सजिलै सकिने भएको छ । सेवाको आज (मंगलबार) एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुर महानगरपालिको नीति तथा प्रतिवद्धता अनुसार सेवाको शुभारम्भ गरिएको जानकारी दिइन् । 

महानगरपालिका कार्यालयलाई पेपरलेस बनाउने योजनालाई यो सेवाले सहयोग पुराउने उनको भनाइ छ । भरतपुरलाई स्मार्ट सिटी निर्माण गर्न चाहिने सूचकहरु क्रमशः पुरा गर्ने क्रममा अनलाईन प्रणालीको सुरुवात गरिएको उल्लेख गरिन् । 

कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले अनलाईन भुक्तानी प्रणालीको कार्य ऐतिहासिक कार्यको भएको बताए । 

आफुले तिर्नुपर्ने कर मूल्यांकन गरिसकेपछि आफुले प्रयोग गरिरहेको अनलाइन पेमेन्ट गेट वे प्रणालीबाट कर तिर्न सकिन्छ । अहिले इ–सेवा, खल्ती, कनेक्ट आई.पि.एसमार्फत भुक्तानी गर्न सकिने छ ।

भरतपुर महानगरपालिकालाई सुशासन र डिजटलमैत्री बनाउने घोषणापत्रमा उल्लेख गरे अनुसार पहिलो कार्यको थालनी गरिएको महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबाबु सुवेदीले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप