बालेन्द्र–सुनिताले गरे मतदान : काठमाडौं महानगरको कार्यपालिका निर्वाचन सम्पन्न
मङ्गलबार, २४ जेठ २०७९, १६ : ४१

काठमाडौं महानगरपालिकामा कार्यपालिका सदस्यका लागि मतदान सकिएको छ । मंगलबार महानगरको कार्यपालिकाका लागि आवश्यक ८ सदस्यका लागि निर्वाचन गरिएको छ ।
राष्ट्रियसभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान गरिएको छ । नगरप्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल लगायत काठमाडौं महानगरपालिकाका १ सय ६० सदस्यले मतदान गरेका छन् ।
प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदमा उम्मेदवारी नपरेकोले मतदाता संख्या १६० भएको जनाइएको छ । सो निर्वाचनबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित हुँदैछन् । जसमध्ये ५ जना वडाका निर्वाचित महिला सदस्य र बाँकी ३ जना दलित वा अल्पसंख्यकबाट उम्मेदवारी दिएकाहरु कार्यपालिका सदस्यमा निर्वाचित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म