बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दशगजामा भारतीय पक्षले बनाउन खोजेको बाँध सशस्त्र प्रहरीले रोक्यो

मङ्गलबार, २४ जेठ २०७९, १६ : ३७
मङ्गलबार, २४ जेठ २०७९

महोत्तरीको जलेश्वरस्थित दशगजा क्षेत्रमा भारतीय पक्षले बनाउन लागेको बाँध सशस्त्र प्रहरी बलको सक्रियतामा रोकिएको छ । गएराति दशगजा स्थित रातुखोलामा भारतीय पक्षले बाँध बनाउन लागेपछि स्थानीयले सशस्त्र प्रहरी बललाई खबर गरेका थिए ।

राति करिब ११ बजेतिर भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँग समन्वय गरेर बाँध निर्माण प्रक्रिया रोकिएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका एकजना अधिकृतले रातोपाटीलाई बताए । भारतीय पक्षले पारिपट्टि आफ्नो खेतमा पानी लैजाने बहाना बनाएर बाँध बनाउने प्रयास गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप