गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
मङ्गलबार, २४ जेठ २०७९, १६ : २९

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेशसभा भवन नदिपुरमा अहिले नीति तथा कार्यक्रम प्रस्तुतीकरण भैरहेको छ । बहालवाला सरकारको यो नै अन्तिम नीति तथा कार्यक्रम हुनेछ । संविधानतः बजेटभन्दा अघि नीति तथा कार्यक्रम पेश र पारित गर्नुपर्छ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउँदैछ । त्यसैका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति कार्यक्रम पेश गर्न पुगेका गुरुङलाई नेपाल प्रहरीको टुकडीले सलामी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल
-
विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर
-
सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छः विनोद चौधरी
-
नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण जेठमा
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो