आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने

मङ्गलबार, २४ जेठ २०७९, १६ : २५
मङ्गलबार, २४ जेठ २०७९

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने भएको छ  । मंगलबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक बर्ष २०७९–०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी गराए । यस्तै पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै यसअघि सञ्चालनमा आएका मुख्यमन्त्रीसँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिइएको छ भने बैंक खाता छोरीको सुरक्षा जीवनभरको कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।  
कर्णाली उज्यालो कार्यक्रम, र  बेरोजगार युवाहरुका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गरिने छ ।  

यस्तै हेल्लो मुख्यमन्त्री कार्यक्रमलाई थप व्यवस्थित गरिने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप