चितवनमा ८ करोड रुपैयाँको लगानीमा सुविधासम्पन्न ट्रायल सेन्टर
चितवनमा ८ करोड रुपैयाँको लगानीमा सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका -८ मा १५ जना युवा उद्यमीको संयुक्त लगानीमा २ बिघा ३ कट्ठा क्षेत्रफलमा महालक्ष्मी ट्रायल सेन्टर प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको हो ।
चितवनमा आगामी आर्थिक वर्ष २०७९/०८० देखि चालक सवारी अनुमति वितरण गर्ने प्रक्रिया शुरु भएसँगै ट्रायल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो । ट्रायल सेन्टरको पूर्वाधार र आवश्यक संरचनाको कार्य सम्पन्न भइसकेको सेन्टरका अध्यक्ष डम्बर बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार ट्रायल सेन्टर वैशाखको पहिलो सातादेखि सञ्चालनमा आउने छ । २४ सै घण्टा सेवा दिन सक्ने गरी प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइने उनको भनाइ छ ।
प्रशिक्षण केन्द्रमा दुईचक्के सवारीदेखि हेभी सवारी साधनसम्मको लागि एकैपटक प्रशिक्षण दिन सकिने व्यवस्था मिलाइएको छ । ‘हामीले २४ सै घण्टा प्रशिक्षण दिने उद्देश्यसहितको पूर्वाधार र जनशक्ति तयार पारेका छौं’, उनले भने, ‘एकैदिनमा ३ हजार जनालाई सेवा दिने क्षमता यो केन्द्रमा रहेको छ ।’
यातायात व्यवस्था विभागको निर्देशिका २०७४ बमोजिम नेपालकै सम्भवत स् सुविधा सम्पन्न तथा ठूलो प्रशिक्षण केन्द्र रहेको अर्का लगानीकर्ता तथा आर्किटेक्ट इञ्जिनीयर सुजन नेपालले जानकारी दिए ।
उनका अनुसार सरकारले प्रशिक्षण केन्द्रलाई छनौट गरेको खण्डमा दैनिक १ हजारसम्मले प्रयोगात्मक परीक्षा दिन सक्नेछन् । प्रशिक्षण केन्द्रमा प्रशिक्षार्थीको लागि सवारी पार्किङ, खानेपानी, शौचालय, अपांगमैत्री भवन, चमेना गृह र टाढाबाट आउने प्रशिक्षार्थीको लागि आवाससहितको सुविधा रहेको छ ।
हाल प्रशिक्षण केन्द्रमा १५ वटा कार, ५० वटा मोटरसाइकल, २५ वटा स्कुटर रहेका छन् र अन्य हेभी सवारी साधन आवश्यकता अनुसार उपलब्ध गराइने नेपालले जानकारी दिए । दक्ष प्रशिक्षक तथा जनशक्ति गरी १०० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् ।
योसँगै सरकारी मापदण्ड अनुसार चितवनमा सञ्चालनमा आउन लागेका अन्य ६ वटा सवारी चालक प्रशिक्षण केन्द्र पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख