लक्ष्मणलाल कर्णको कटाक्ष – ७७ जिल्लामै मन्त्री बनाऔँ, सांसद हटाऔँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै १–१ जना मन्त्री बनाइयोस् भन्दै सरकारप्रति कटाक्ष गरेका छन् । विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन भएकोप्रति रुष्ट उनले त्यसरी मन्त्री सबै जिल्लाबाट बनाउन संविधान संशोधन गर्नुपर्ने बताए ।
‘म तेस्रो चोटी संसद्‍मा छु । विकास गर्नका लागि प्रधानमन्त्री हुनुपर्‍यो । उपप्रधानमन्त्री वा मन्त्री हुनुपर्‍यो । त्यो भएपछि मात्र आफ्नो क्षेत्रमा विकास हुन्छ’, उनले संसद् बैठकमा भने, ‘७७ जिल्लामा ७७ मन्त्री बनाइदिऔँ । संविधान संशोधन गरौँ । सांसदलाई हटाइदिऔँ । त्यसो भएपछि त मन्त्री हुँदा बजेट त जानेभयो’, कर्णले आक्रोशित हुँदै भने ।
उनले सांसदहरूलाई सरकारले कालीदास बनाउने प्रयास गरेको पनि आरोप लगाए । बजेट बनाउनु पहिले सांसदहरूसँग छलफल नगर्ने अनि एकै बजेट प्रस्तुत भएपछि छलफल गर्नुपर्ने स्थितिप्रति सङ्केत गर्दै त्यसो भनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत