शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मिस नेपाल वल्र्डका प्रतियोगीलाई ओपनिङमा आईएफटीको पहिरन

मङ्गलबार, २४ जेठ २०७९, १५ : २९
मङ्गलबार, २४ जेठ २०७९

‘मिस नेपाल वल्र्ड–२०२२’ का २४ सुन्दरी अहिले प्रशिक्षणमा जुटेका छन् । मिस नेपालको ताज आफ्ना शिरमा सजाउने लक्ष्यका साथ उनीहरु प्रशिक्षणमा जुटेका हुन् ।

यो वर्ष प्रतियोगीले स्पर्धामा आईआईएफटीका डिजाइन पनि प्रयोग गर्ने भएका छन् । उनीहरुले ओपनिङ राउण्डमा इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी(आईआईएफटी)का विद्यार्थीहरुले डिजाइन गरेका पहिरनमा  प्रस्तुत हुने भएका हुन् । जसको अजानकारी आईआईएफटीले दिएको छ ।

४ असारमा ग्राण्ड फिनाले हुने प्रतियोगीताका लागि आईआईएफटीबाट फेसन डिजाइनिङ ग्राजुएट गरेका डिजाइनरहरुले पहिरन तयार गर्नेछन् । फेसन डिजाइनरहरुमा पेशल खड्का, पम्फा श्रीष मगर, संगी आचार्य, गीता मिश्र, सविता महर्जन, सरिता श्रेष्ठ, दिलमाया मगर, राजन शाह, सविता चेम्जोङ र सुनैना शाही रहेका छन् । जसलाई मार्ग निर्देश गर्ने काम आईआईएफटीकी निर्देशक विपना थापा र एकेडेमिक हेड सविन ढुंगानाले गरिरहेका छन् । 

डिजाइनरहरुले २४ प्रतियोगीका लागि चार वटा थिममा पहिरन तयार गरिरहेको आईआईफटीले जनाएको छ । तर, थिमबारे खुलाइएको छैन । आईआईएफटीले छोटो समयमै हजारौँ फेसन डिजाइनरहरु उत्पादन गरिसकेको छ । आईआईएफटीले केही दिन अगाडि पनि राजधानीमा एक फेसन शो आयोजना गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप