बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

सांसद जैरुको प्रश्न :  नेपालजस्तो देशमा एक वर्षमा १० अर्बको काठ किन आयात भयो ?

मङ्गलबार, २४ जेठ २०७९, १५ : २४
मङ्गलबार, २४ जेठ २०७९

सांसद निरादेवी जैरुले नेपाल जस्तो देशमा वार्षिक १०अर्बको काठ आयात गर्नुपर्ने अवस्था कसरी आयो भन्दै प्रश्न गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जैरुले वन व्यवस्थापनमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताइन् । 

उनले भनिन्–‘एक वर्षमा मात्र १० अर्बको काठ नेपाल आयात भएको छ ।  नेपाल जस्तो ठाउँमा पनि किन बाहिरबाट काठ ल्याउनुपर्ने अवस्था आयो रु बन व्यवस्थापन र जडिबुटी खेती तथा संरक्षणका लागि बजेट व्यवस्था किन गरिएन ?’

उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम हवाई उडान, मन्दिर र गुम्बा संरक्षणमा मात्र केन्द्रीत भएको बताउँदै अन्य क्षेत्रमा बजेट विनियोजन नगरेको आरोप लगाइन् । उनले विभिन्न प्रतिष्ठानका नाममा बजेट विनियोजन हुनेगरेको र दलितका सीप जोगाउन बजेट विनियोजन गर्नुपर्ने बताइन् । कुन देशले बिना भिसा, बिना टिकट विदेश लैजान्छ भनेर लाग्नुभन्दा श्रम तथा रोजगार मन्त्रालयले नेपालभित्रै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप