राज्य सञ्चालनमा ठूला पार्टी असफल भए : कमल थापा
विभिन्न आठ बुँदे निर्णय गर्दै राप्रपा नेपाल मधेस प्रदेशको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । जनकपुरमा सोमबार सुरु भएको भेलाले जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानलाई सहज र सरल रुपमा नागरिकता उपलब्ध गराउनुपर्ने, जनकपुरधामलाई पर्यटन प्रवर्द्धनको केन्द्र बनाउनुपर्ने तथा हुलाकी मार्ग तत्काल निर्माण सम्पन्न हुनुपर्ने लगायतका ८ वटा निर्णय गर्दै मंगलबार सम्पन्न भएको हो ।
भेलाको समापन गर्दै अध्यक्ष कमल थापाले प्रमुख ठूला राजनीतिक दलहरु असफल हुँदै गएको भन्दै देशमा भ्रष्टाचार मौलाउनु त्यसैको उदाहरण भएको बताए । ‘राज्य सञ्चालनमा ठूला पार्टी असफल हुँदै गएका छन् । भ्रष्टाचार व्याप्त मौलाएको छ । राजनीतिक दल, विचौलिया व्यापारी र कर्मचारीको त्रिपक्षीय गठबन्धनले देशलाई डरलाग्दो भड्खालोमा हाल्ने अवस्था आउँदैछ’, थापाको भनाइ छ । त्यस्तै उनले मधेस प्रदेशमा हिन्दुत्वको एजेण्डा रुचाइएकाले यसको सहयोगमा राप्रपा नेपालको संगठन विस्तार गरेर वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख