बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक : विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

मङ्गलबार, २४ जेठ २०७९, १४ : ३९
मङ्गलबार, २४ जेठ २०७९

राष्ट्रियसभा सदस्यहरुले विभिन्न समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार बसेको राष्ट्रियसभाको शुन्य समयमा सांसदहरुले विभिन्न समसामयिक विषयवस्तुमाथि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शुन्य समयमा बोल्दै सदस्य इन्दिरादेवी गौतमले कैदीबन्दीलाई राख्ने गरेको कारागार अत्यन्तै जीर्ण र जोखिममा रहेकोले कुनैपनि घटना हुनुभन्दा अघि त्यतातिर ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् । उनले नेपालमा आयो नुनमा आयोडिनको मात्रा अत्याधिक बढी रहेकोप्रति नागरिकहरु त्रसित रहेकोले वास्तविकता जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

त्यस्तै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बर्दियामा बाघले आक्रमण गरेर मृत्यु हुने क्रम बढीरहेकोले त्यसप्रति सुरक्षा माग गर्दा सरकार पक्षद्वारा गोली चलाइएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए । त्यस्तै सदस्य मायाप्रसाद शर्माले कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा हावा चल्नासाथ बिजुली र सञ्चार टावर टुट्ने समस्याको समाधानका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए ।

त्यस्तै राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले सरकारले तत्काल रगतमा गरेको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने बताए । त्यस्तै राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सरकारले बलात्कारजस्ता घटनामा गम्भीर चासो नदिएको आरोप लगाउँदै महिला हिंसा सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताइन् ।

त्यस्तै सदस्य सुमित्रा बिसीले महिला हिंसाविरुद्ध कडा कानुन छिटो ल्याउन माग गरिन् । उनले बाँकेको राप्तीस्थित सोनारी गाउँपालिकाकी १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्नेहरुलाई तत्काल कडा कारबाही गर्न माग गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप