नवीना चौधरी हत्याबारे सांसदको आक्रोश : ‘प्रहरी छाडा भएको हो ?’
बर्दियामा नवीना चौधरीको प्रहरीको गोलीबाट मृत्यु भएको घटनाको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने सांसदहरूले माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनीहरुले प्रहरी छाडा भएको हो भन्दै प्रश्न उठाएका छन् ।
एमाले सांसद खगराज अधिकारीले विना आदेश गोली चलाउने प्रहरीलाई तत्काल निलम्बन गरियो कि गरिएन ? भन्दै प्रश्न गरे । उनले मादक पदार्थ सेवनबाट यौन हिंसाका घटना बढिरहेकोले मादक पदार्थ रोक्न सरकारले केही गरेको छ कि छैन भन्दै प्रश्न गरे ।
अर्का सांसद घनश्याम खतिवडाले बर्दिया र अछाम घटनाबारे संसदीय छानबिन समिति बनाउन माग गरे । उनले भने–‘बर्दिया घटनाको बारेमा गृहमन्त्रीले दिएको जवाफले निकै गम्भीर बनाएको छ । नवीना चौधरीको ज्यान गयो सिडिओले आदेश दिएको छैन । एसपीले आदेश दिएको छैन । कतै गोली चलाउनु भन्ने गृहको कुनै आदेश छैन । फेरी पनि गोली चलेर मान्छे मरेको छ । अन्याय भएको छ । नवीना चौधरीको त ज्यान गयो, आदेश बिना कति नेपालीको प्रहरीको गोलीबाट हत्या हुने हो गृहमन्त्री ज्यू ? यसमा संसदीय समिति बनाएर छानबिन गर्नुपर्यो । बर्दिया काण्ड र अछाम काण्डको छानबिन गर्न अविलम्ब संसदीय समिति बनाइयोस् ।’
सांसद भीम रावलले पनि गोली चलाउन आदेश नदिई गोली चलाउनेलाई कारबाही भएको छ कि छैन ? भन्दै प्रश्न गरे ।
सांसद विमला विकले बर्दियामा बाघको आक्रमण रोक्न आवश्यक व्यवस्था मिलाउन भन्दै भएको प्रदर्शन हुलाकी सडकमा भएको बताइन् । राजमार्ग बन्द नभएको र हुलाकी सडक बन्द हुँदा पनि वैकल्पिक रहेको भन्दै गोली चलाउनु पर्ने अवस्था नभएको बताइन् । उनले भनिन्–‘गोली चलाउन आदेश नै नभई गोली चल्छ भने प्रहरी छाडा भएको हो ? कसको आदेशले प्रहरीले गोली चलाउँछ ? जवाफ चाहियो ।’
सांसद सूर्यप्रसाद पाठकले एक हप्ताको मात्र अवस्था हेर्दा पनि शान्ति सुरक्षा कमजोर रहेको बताए । उनले आफूले आदेश नदिए पनि गोली चल्यो भन्ने गृहमन्त्रीले त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै