शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैज्ञानिकले २४ हजार वर्षदेखि हिउँमा पुरिएको ‘जीव’ लाई फेरि जिवित पारे, बच्चासमेत जन्मायो

मङ्गलबार, २४ जेठ २०७९, १४ : ०४
मङ्गलबार, २४ जेठ २०७९

कहानी धेरैजसो पुराना नै हुन्छन् । तपाईंलाई अघिल्लो वर्ष भएको एक अनुसन्धानको निकै चकित पारिदिने कहानीबारे जानकारी दिँदै छौा । उक्त अनुसन्धानको उद्देश्य थियो प्राचिन जीवलाई फेरि जिवित पारेर त्यसका शारीरिक प्रक्रियाको अनुसन्धान गर्ने । वैज्ञानिकले २४ हजार वर्षदेखि साइबेरियाको पर्माफ्रस्टमा दबेको एउटा जीवलाई फेरि जिवित पारेका छन् । अर्थात् जुन जीत २४ हजार वर्ष अघि बरफमा गाडिएको थियो, अब त्यो जीवित छ । यो असम्भव कार्य थियो ।

जुन जीवलाई वैज्ञानिकले जीवित पारेको छ, त्यो एक प्राचिन डेलोयड रेटिफर्स हो । यो कुनै पनि विपरित र मुश्किल मौसममा जीवित हुने शक्ति राख्छ । जस्तै, खडेरी, असाध्यै चिसो, भोक, यहाँसम्म कि कम अक्सिजनमा पनि यो जीवित रहन सक्छ । तर शरीरमार्फत् कुनै पनि गतिविधि भने गर्न सक्दैन, एउटै ठाउँमा मात्रै बसिरहन्छ । जस्तै कोमामा भएका एक व्यक्ति । तर त्यो जीवलाई फेरि क्रियाशील पार्न भने मुश्किल छ ।

साइबेरियामा ११.५ फिट मुनिबाट लिइयो स्याम्पल

डेलोयड रोटिफर्स असाध्यै सूक्ष्मजीव हो । यसलाई जीवन दिने प्रयासको कहानी एक वैज्ञानिक रिपोर्टको रुपमा करेन्ट बायोलोजीमा प्रकाशित गरिएको थियो । वैज्ञानिकले साइबेरियाको पर्माफ्रस्टबाट ११.५ फिट बरफ मुनीबाट स्याम्पल लिए । स्याम्पललाई बिस्तारै तातो बनाइयो । त्यसपछि त्यसमा भएका सूक्ष्मजीपलाई जीवित बनाउनका लागि माहौल तयार पारियो ।

पाचन प्रक्रियालाई रोकिदिन्छन् यस्ता जीव

रुसको पुशिनोस्थित इन्स्टिच्युट अफ फिजियोकेमिलक एन्ड बायोलोजिकल प्रब्लम्समा सोयल क्रायोलोजीका वैज्ञानिक स्टास मालाविनले भने, ‘हाम्रो प्रयोगले सूक्ष्मजीव हज्जारौँ वर्षसम्म जीवित हुनसक्छ भन्ने कुरा स्पष्ट पारेको छ । वा उनीहरुले आफूलाई यस्तो स्थितिमा ढाल्ने गर्छन् जसमा पुनर्जीवन पाउन सकियोस् । यसलाई क्रिप्टोबायोसिस भनिन्छ । अर्थात्, जीवले आफ्नो मेटाबोलिजमलाई लामो समयका लागि रोक्ने गर्छन् ।’

जिवाश्मलाई प्रदुषण मुक्त राख्न आवश्यक

स्टास मालाविनको समूह जिवाश्मको रुपमा परिणत भइसकेको वा रहिरहेका जीवको अनुसन्धानको मामिलामा एक्सपर्ट छन् । उनीहरुको टिमले एउटै कुरालाई ध्यानमा राख्ने गर्छन्, त्यो हो स्याम्पल लिइएको जिवाश्म धेरै प्रदुषित नहोस्, त्यसमा आधुनिक लेयर नभेटियोस् । किनभने जब फ्रिजिङको प्रक्रिया सुरु हुन्छ तब यी सूक्ष्मजीव यी लेयर्समा मिल्ने गर्छन् । सूक्ष्मजीवका अङ्ग यिनीहरुमा समाहित हुने गर्छन्, जसका कारण यिनीहरु जीवित हुने वा पुनर्जीवित पार्ने सम्भावना निकै कम हुने गर्छ ।

आफूलाई कोमामा राख्छन् यस्ता जीवः

स्टासका अनुसार थुप्रै अङ्ग भएका स्तनधारी जीव वा पंक्षीलाई बरफबाट जिउँदो निकाल्न मुश्किल हुन्छ । फेरि दबिएका स्तनधारीलाई पुनर्जीवित गर्न अत्यधिक मुश्किल । किनभने यिनीहरुका थुप्रै अङ्ग जमिसकेका हुन्छन्, खराब भइसकेका हुन्छन् । यिनीहरुमा विपरित परिस्थितिमा आफूलाई कोमामा पारेर शरीरको मेटाबोलिजमलाई निस्क्रिय गर्ने क्षमता नै हुँदैन ।

पुनर्जीवित मात्रै भएन, बच्चा पनि जन्मायो

डेलोयड रोटिफर्स २४ हजार वर्षपछि जीवित मात्रै भएनन्, यसको प्रजनन पनि गरियो । यसले एसेक्सुअली अर्थात् पार्थेनोजेनेसिस प्रक्रियामार्फत् नयाँ रोटिफर्स पैदा गर्यो । अघिल्लो वर्ष गरिएको अनुसन्धानको विषयमा वैज्ञानिकले यो डेलोयड रेटिफर्समाथि अनुसन्धान गरिरहेको छ । यसले प्राचिन जीवबारे थाहा पाउन मद्दत मिल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप