शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा दश महिनामा एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड भित्रियो

मङ्गलबार, २४ जेठ २०७९, १३ : २४
मङ्गलबार, २४ जेठ २०७९

पछिल्ला वर्षहरूमा नेपालमा सी–फुड (समुन्द्र खाना)को माग बढेको छ । प्रत्येक वर्ष डेढ अर्ब रुपैयाँभन्दा बढीको सी–फुड नेपाल भित्रने गरेको छ । भन्सार विभागको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा विभिन्न देशबाट नेपालमा १ अर्ब २३ करोड ९२ लाख ८७ हजार रुपैयाँको सी–फुड नेपाल भित्रिएको छ । 

सो मूल्यमा पछिल्लो दश महिनामा नेपालमा ४९ लाख ९८ हजार ३५ केजी सीफुड भित्रिएको विभागले जनाएको छ ।​ सालमोन, क्याटफिस, सिद्रामाछा, झिङ्गे माछा लगायतका विभिन्न प्रकारका माछाहरू, गँगटा, स्क्यालप, अक्टुपस लगायतका समुन्द्री जीवहरु नेपालले आयात गर्ने गरेको छ । 

नेपालमा सी–फुडहरु भारत, थाइल्याण्ड, डेनमार्क, भियतनाम, चीन, नर्वे, मलेसिया, हङकङ, सिंगापुर, क्यानडा, बेलायत, दक्षिण कोरिया, कतार लगायतका देशबाट आउने गरेको छ । विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट १ अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको ६३ लाख ४ हजार ९५२ केजी सी–फुड नेपालले आयात गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ७६ करोड ५१ लाख ३६ हजार रुपैयाँको ६८ हजार ६५ हजार ९९५ केजी सी–फुड नेपाल भित्रिएको विभागले जनाएको छ । –  न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप