बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु

मङ्गलबार, २४ जेठ २०७९, १३ : २१
मङ्गलबार, २४ जेठ २०७९

अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ । अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात् चलाउँदा बाबुको मृत्यु भएको हो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले सुरुमा रेगीले आफूले आफैलाई गोली प्रहार गरेको अनुमान गरेका थिए । तर, अनुसन्धान गर्ने क्रममा उनको मृत्यु दुई वर्षीय बालकले चलाएको बन्दुकबाट मृत्यु भएको खुल्न आएको ओरेन्ज काउन्टी शेरिफ जोन मिनाले पत्रकार सम्मेलनमा जानकारी दिए । पीडितको घरमा प्रहरी पुग्दा बच्चाकी आमा मारी आयलाले आफ्नो पति रेगी म्याब्रीलाई सीपीआर दिएकी थिइन् ।

गोली चल्दा पाँच महिनाकी बालिकासहित परिवारका पाँचै जना सदस्य एउटै कोठामा थिए । बालबालिकालाई बेवास्ता र लागुऔषध प्रयोगमा दुवै दम्पतीमाथि धेरै अपराधको अभियोग लागेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप