बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले आणविक परीक्षण गरे कडा कारबाही गर्ने अमेरिकाको चेतावनी

मङ्गलबार, २४ जेठ २०७९, १३ : ०२
मङ्गलबार, २४ जेठ २०७९

उत्तर कोरियाबाट आणविक परीक्षणको आशंका बीच एक शीर्ष अमेरिकी अधिकारीले कडा कारबाहीको चेतावनी दिएकी छन्। अमेरिकी उप विदेशमन्त्री वेन्डी शर्मनले यस्तो अवस्थामा सम्पूर्ण विश्वले त्यसको प्रतिक्रिया दिने आशा राखेको बताइन् । शर्मनले आफ्नो दक्षिण कोरियाली समकक्षीसँग सोलमा भेट गरेपछि यस्तो टिप्पणी गरेकी हुन् ।

केही समयदेखि उत्तर कोरियाले २०१७ पछि पहिलोपटक परमाणु परीक्षण गर्ने तयारी गरिरहेको सङ्केतहरू देखिएका छन् । सोमबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुखले उत्तर कोरियाले आफ्नो मुख्य आणविक क्षेत्रमा गतिविधि बढाउँदै गरेको  चेतावनी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप