बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य

मङ्गलबार, २४ जेठ २०७९, १२ : ५७
मङ्गलबार, २४ जेठ २०७९

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनायो ।

थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन । बान्थिदा  लेप्हाथानाले १९ रनको योगदान गरिन् ।​ बलिङतर्फ नेपालका लागि मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले दुई–दुई विकेट लिइन् । त्यस्तै स्नेहा महराको नाममा एक विकेट हात पारिन् ।   

नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ । यसअघि भएका तीन खेलमा नेपालले दुई खेलमा जित निकालेको छ । नेपाल ३  खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप