बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीबाहेक अन्य कुन खेलाडीले अन्तर्राष्ट्रिय खेलमा ५ गोल गरेका छन् ?

मङ्गलबार, २४ जेठ २०७९, १२ : ४२
मङ्गलबार, २४ जेठ २०७९

कप्तान लियोनेल मेस्सीले आइतबार शानदार प्रदर्शन गर्दै एस्टोनियामाथि जीत हासिल गर्ने क्रममा एक्लैले टोलीका लागि ५ गोल गरे ।  

एस्टोनिया बलियो टोली नभए पनि पीएसजीका स्टार खेलाडीले सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । रोचक, बार्सिलोना क्लबका लागि पनि पाँच गोल गर्ने मेस्सी पहिलो खेलाडी हुन् । उनले सन् २०१२ मा बायन लेभरक्युजनविरुद्ध यो उपलब्धि हासिल गरेका थिए ।

आइतबारको खेलमा ५ गोल गर्दै उनले सन् १९४१ मा हुवान मार्भेज्जीपछि अर्जेन्टिनाका लागि सो उपलब्धि हासिल गरेका हुन् । मार्भेज्जीले कोपा अमेरिका प्रतियोगितामा इक्वेडरविरुद्ध ५ गोल गरेका थिए । 

दुई खेलाडीबाहेक रुसका ओलेग सालेन्कोले सन् १९९४ को विश्वकपमा ५ गोल गर्दै कीर्तिमान बनाएका थिए । रुसले क्यामारुनलाई ६–१ ले हराउने क्रममा उनले सो रेकर्ड बनाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप