बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शून्य समयलाई पनि निरन्तरता दिने कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णय

मङ्गलबार, २४ जेठ २०७९, १२ : ०५
मङ्गलबार, २४ जेठ २०७९

कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शुन्य समयलाई पनि निरन्तरता दिने निर्णय गरेको छ । मंगलबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शून्य समय पनि सञ्चालन गर्ने र बजेट पारित भइसकेपछि विशेष समय पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।

 त्यसैगरी ठुला मन्त्रालयहरूको विनियोजन विधेयकमाथि छलफल गर्नका लागि पर्याप्त समय छुट्याउने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । उनले भने, ‘मन्त्रालयहरुको विनियोजन विधेयकमा मन्त्रालयगत जुन छलफल चल्नेछ । त्यो छलफललाई व्यवस्थित गर्नेगरी कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भयो । त्यसैगरी शुन्य समय र विशेष समय सञ्चालन गर्नको लागि पनि आजको एजेण्डामा छलफल भएको छ । भोलीदेखि सम्भवत्ः शुन्य समय निरन्तर अगाडी बढ्छ । यो बजेट पास भइसकेपछि र बजेटको कार्यक्रम सकिइसकेपछि अनि विशेष समयलाई पनि सञ्चालन गर्ने भन्नेकुरा समझदारी बनेको छ । मन्त्रालयगत छलफललाई व्यवस्थित बनाउनका लागि ठुला–ठुला मन्त्रालयहरुको छलफलको समय अभाव भयो भन्ने माननीय सदस्यहरुको माग जुन छ, त्यसको लागि मन्त्रालयको संख्या घटाउने । र दिनमा समय लम्व्याउने । लामो समयसम्म छलफललाई उपलब्ध गराउने भन्नेखालको समझदारी बनेर आज टुंगिएको छ ।’
मंगलबारको प्रतिनिधि सभा बैठक सुरु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप