शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मल अभावले कृषकलाई सधैँ सास्ती

मङ्गलबार, २४ जेठ २०७९, १२ : ००
मङ्गलबार, २४ जेठ २०७९

धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् । 

मकै गोड्ने बेलादेखि नै मलको अभाव भएपछि समस्या भएको व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले गुनासो गरे । “मकै गोड्दा पनि मल चाहिन्थ्यो, त्यो बेला पनि पाइएन, दमौलीमा नपाएपछि डुम्रेमा पुगेर चर्को मूल्यमा खरिद गर्नुप¥यो”, पौडेलले भने, “अब धान रोप्ने बेला आउन लाग्यो, मल चाँही कहिले आउँछ कुन्नि ।”

पौडेलले मकै गोड्ने बेला दमौलीमा मल नपाएपछि डुम्रेमा पुगेर मल खरिद गरेर ल्याएको बताए । उनले असारको पहिलो साताबाट धान रोप्ने तयारी गरेका छन् । अहिले धानको बीउ राख्ने बेला भएपनि मल नपाउँदा सास्ती भएको उनले बताए । 

मल खरिद गर्न तीन÷चार पटक बजार धाउँदा पनि मल नपाएको भिमादकी देवी खनालले गुनासो गरे । धान रोप्ने बेला डिएपी र गोड्ने बेला युरिया मल प्रयोग गरिन्छ । वर्षौदेखि रासायनिक मल हालिरहेको खेतबारीमा गोबर मल मात्रैले काम नगर्ने किसान बताउँछन् । शुक्लागण्डकीका केदार पौडेलले गोबर मलले मात्रै नहुने भएकाले रासायनिक मल आवश्यक पर्ने बताए ।

शुक्लागण्डकीकै सुशन पौडेलले मल अभाव हुँदा कृषि पेशामा जाँगर हराउँदै गएको बताए । 

कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाका अनुसार तनहुँँमा वार्षिक एक हजार पाँच सय टन युरिया मल माग हुने गरेकामा चालु आर्थिक वर्षमा पाँच सय टन मात्रै मल भित्रिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप