बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

घरबाटै कुहिने र नकुहिने नछुट्याए महानगरले फोहोर उठाउँदैन : मेयर शाह

मङ्गलबार, २४ जेठ २०७९, ११ : ५६
मङ्गलबार, २४ जेठ २०७९

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर महानगरले नउठाउने बताएका छन् ।  आफूले  फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाएको भन्दै यसमा सहयोग गर्न पनि उनले महानगरबासीसामु आग्रह गरेका छन् । 

सामाजिक सञ्जालमा शाह लेख्छन् -'अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर ननिस्कून् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन ।' उनले अव फोहोर संकलन गर्ने गाडीले नछुट्याएको फोहोर  संकलन नगर्ने बताए । 

काठमाडौंको फोहोर व्यवस्थापन गर्ने गरिएकाे सिसडोल र बन्चरेडाँडाका स्थानीयले अवरोध गरेपनि लामो समयसम्म महानगरको फोहोर उठ्न सकेको छैन । यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा सहमति जुटेको भनिएपनि  बन्चरेडाँडाका स्थानीयले अवरोध कायमै राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप