सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी

मङ्गलबार, २४ जेठ २०७९, ११ : ५२
मङ्गलबार, २४ जेठ २०७९

नेपाल राष्ट्र बैंक मंगलबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । बैंकले चार वर्षका लागि विकास ऋणपत्र २०८३ ‘छ’ जारी गरेको हो । 
इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आज दिउँसो ३ बजेभित्र ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रको आजै दिउँसो ३ बजे बाँडफाँड गरिने बैंकले जनाएको छ । 

इच्छुक खरीदकर्ताले घटीमा ५० हजारदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
ऋणपत्र खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट हुनेछ । यद्यपि, कुल निष्काशनको १५ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र भने विना प्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ । 

अर्धवार्षिक (प्रत्येक छ महिनामा) ब्याज प्रदान गर्ने जनाएको बैंकले ऋणपत्रको ब्याजदर सामूहिक बोलकबोल मार्फत कट–अफ ब्याजदरलाई एकल ब्याजदरमा कायम गरी सोही ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने बैंकले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप