मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘द सेक्रेट अफ राधा’ १० भदौमा रिलिज हुने

मङ्गलबार, २४ जेठ २०७९, ११ : ३४
मङ्गलबार, २४ जेठ २०७९

फिल्म ‘द सेक्रेट अफ राधा’ को प्रदर्शन मिति परिवर्तन भएको छ । २४ भदौदेखि सार्वजनिक प्रदर्शनमा आउँने तयारीमा रहेको यो फिल्म अव १० भदौमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एउटा नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति परिवर्तन भएको जानकारी दिएको हो । पोस्टरमा राधाको भूमिकामा रहेकी अभिनेत्री सृष्‍टि श्रेष्ठ एउटी सानी बच्चीसँग  देखिएकी छिन् ।

निर्देशक सुवर्ण थापाद्वारा निर्देशित ‘राधा’ सामाजिक मुद्दामा बनेको नारी प्रधान फिल्म हो । फिल्ममा सृष्टिको अलवा खगेन्द्र लामिछाने, दयाहाङ राई, निश्चल बस्नेत, मेनुका प्रधान लगायत कलाकारको मुख्य भूमिका छ ।
यसै फिल्म मार्फत अभिनेता सौगात मल्लले पनि फिल्म निर्माणमा हात बढाएका छन् । फिल्म सौगात मल्ल र निर्देशक थापाको संयुक्त लगानीमा बनेको हो । 

निर्देशक थापाले यसअघि निर्देशन गरेको ‘सुनगाभा’ र ‘फन्को’ दर्शकमाझ आइसकेको छ । ‘सुनगाभा’ फिल्म अन्तरराष्ट्रिय स्तरमै चर्चामा आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप