विकास र लगानीका लागि प्रतिस्पर्धा गर्नुपर्छ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहका जनप्रतिनिधिहरूले विकास र लगानीका लागि एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीद्वारा आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरू सञ्चालन गर्ने, स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् ।
तीन तहका सरकार तथा निजी क्षेत्रको सहकार्यले मात्र जनअपेक्षा अनुरूपको विकास र समृद्धि हासिल गर्न सम्भव भएको बताउँदै ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्त्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरूलाई आग्रह गरे ।
स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र समृद्धिमार्फत जनतालाई सुखी तुल्याउने रहेको छ । त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि म यहाँहरूलाई आह्वान समेत गर्दछु, उनले भने । छोटो समयमा मलेसियाले हासिल गरेको विकासको उदाहरण प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय निकायहरूले लगानीका लागि अनुकूल वातावरण बनाई निजी क्षेत्रको लगानी आकर्षित गर्ने हो भने राज्यले बिना लगानी धेरै भन्दा धेरै फाइदा लिन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?