१४ लाख समाजसेवामा खर्चिएको पाटनका पूर्वप्रमुखको दाबी
बैतडीको पाटन नगरपालिकाका निवर्तमान नगर प्रमुख केशवबहादुर चन्दले १४ लाख रूपैयाँ समाजसेवामा खर्चिएको दाबी गरेका छन् । सेवा सुविधा वापत ५७ महिनामा प्राप्त १९ लाखमध्ये उक्त रकम समाजसेवामा खर्चिएको उनको दाबी छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै चन्दले क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान, स्वर्गीय भानबहादुर चन्द स्मृति कोष स्थापना, कोरोना महामारीका बेला राहत तथा निशुल्क एम्बुलेन्स सेवा, मठ मन्दिरमा आर्थिक सहयोग तथा आर्यघाट व्यवस्थापनसँगै विरामीहरूको औषधी उपचारमा सहयोग गरेको बताए ।
चन्दले अघिल्लो पटक पैसा कमाउन नभई समाजसेवा गर्न नगरपालिकाको प्रमुख पदधारण गरेको बताए । उनले भने, ‘म मेयर हुँदा मलाई पैसाको लोभ कहिल्यै भएन । मेरा छोराछोरी विदेशमा छन् । उनीहरूले मासिक खर्च पठाइरहन्छन् । मैले विगतमा निर्माण गरेको एक होटलबाट सवा एक लाख मासिक भाडा आउँछ । त्यसैले सरकारी सेवाबाट आएको पैसा समाजसेवामा खर्चिएको हुँ ।’
उनी नगरप्रमुख हुनु अगाडि नै सांसद हुँदै सहायक मन्त्री भइसकेका छन् । आगामी प्रदेश र संघको निर्वाचनमा टिकट पाए उम्मेदवार बन्ने उनको चाहना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
२४ वर्षपछि विश्वकपमा फर्किएको टर्की अस्ट्रेलियासँग स्तब्ध
-
राष्ट्रिय महाधिवेशन अगाडि रास्वपा मधेस प्रदेशको अधिवेशन नहुने
-
विश्वकपमा ब्राजिलको खस्कँदो लय: भिनिसियसको जादुले छोप्यो टोलीको कमजोरी
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण