अडिटर्स एसोसिएसनको अध्यक्षमा पौडेल
काठमाडौं-नेपाल अडिटर्स एसोसिएसन (अडान) को छैटौँ राष्ट्रिय महाधिवेशनले केदार नाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नेपाल अडिटर्स एसोसिएसनको छैटौँ राष्ट्रिय महाधिवेशन काठमाडौंको एभरेष्ट होटलमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।
अडानको बन्द सत्रले संस्थाको साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र अगामी कार्ययोजना पनि पारित गर्नका साथै यस छैटौँ महाधिवेशनले १९ बुँदे घोषणापत्र जारी गरेको छ । महाधिवेशनले आगामी ३ वर्षका लागि केदारनाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको गरेको छ ।
नेपाल अडिटर्स एसोसिएसनका प्रथम उपाध्यक्ष डोलप्रसाद दाहालले दिएको जानकारीअनुसार वरिष्ठ उपाध्यक्षमा बद्रीप्रसाद भट्टराई, द्वितीय उपाध्यक्षमा अब्दुल करिम खाँ, तृतीय उपाध्यक्षमा झलकमणि लम्साल, प्रदेश उपाध्यक्षहरूमा पोषराज नेपाल प्रदेश नं. १ प्रदीपकुमार यादब, उपाध्यक्ष मधेस, रामजीप्रसाद अधिकारी बाग्मती, भोलानाथ पाठक उपत्यका, बिलबहादुर भुजेल गण्डकी, रमेश के.सी. लुम्बनी, बहादुरसिंह विष्ट सुदूरपश्चिम र बलराम रेग्मी कर्णाली रहेका छन् । महिला उपाध्यक्ष मिरा श्रेष्ठ र महासचिव प्रेमबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ।
त्यसैगरी उप महासचिवहरूमा भरतकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद ढुंगाना, गणेश गिरी, हरिबहादुर कार्की, जयाकुमारी झा, सावित्री शर्मा र तिलकबहादुर अधिकारी चयन भएका छन् । सचिवहरूमा रामगोपाल महर्जन (उपत्यका), मायाबादे श्रेष्ठ (बाग्मती), कामोद झा (मधेस), शिवराज बराल (गण्डकी), चन्द्रभक्त श्रेष्ठ (उपत्यका) पदमराज शर्मा उपाध्याय (सुदूरपश्चिम), नेत्रप्रसाद ज्ञवाली (लुम्बनी), गोकर्णप्रसाद आचार्य (लुम्बिनी) जयधर्म पोखरेल (प्रदेश नं. १) निर्वाचित भएका छन् । कोषाध्यक्षमा बलराम चौधरी र सह कोषाध्यक्ष सुनिल आचार्य रहेका छन् ।
उपत्यका सदस्यहरूमा सूर्यनारायण झा, हिरारत्न बज्राचार्य, आत्माराम चापागाई, कुमारप्रसाद खतिवडा, पुष्कर भुर्तेल, भूपेन्द्रकृष्ण श्रेष्ठ र पोषकलाल श्रेष्ठ रहेका छन् भने प्रदेश नंं १ बाट रत्नप्रसाद निरौला, केशव प्रसाद गडतौला र शान्तिराम खनाल चयन भएका छन् ।
निर्वाचित हुने सदस्यमा मधेस प्रदेशबाट मेघराज पौडेल, चन्द्रमोहन अधिकारी, शिशिरचन्द्र गौतम डा. सन्तोषकुमार शाह, उमेश मिश्र र हेमनारायण लाल देव, बाग्मतीबाट पुष्पराज लोहनी, प्रकाश ढकाल, देवीप्रसाद डल्लाकोटी गण्डकीबाट गोबिन्द पहाडी, रुद्रनाथ पौडेल, बिष्णुप्रसाद खनाल, लुम्बिनीबाट नारायणप्रसाद घिमिरे, चन्द्रकान्त भट्टराई, दिपकप्रसाद रेग्मी, कर्णालीबाट रामबहादुर शाही, मदनराज ओझा, रबिन्द्रनारायण श्रेष्ठ चयन भएका छन् ।
जनजाती सदस्यहरूमा उकुलाल महर्जन, बिनोदकुमार चंखु, महिलामा अमिरालक्ष्मी तुलाधर, योगमाया धमला, अनिताकुमारी श्रेष्ठ,अनिता सिलवाल, निर्मला श्रेष्ठ र मायाकुमारी शर्मा चयन भएका छन् । दलित सदस्यमा प्रेमकुमार बिश्वकर्मा रहेका छन् ।
त्यसैगरी खुल्ला सदस्यहरूमा मधुसुदन भट्टराई, लक्ष्मीप्रसाद पण्डित, बसन्त पौडेल, प्रेमकुमार बराल, बालकृष्ण दाहाल, लिला भट्टराई, मोहम्मद जुबेर राई, मित्रप्रसाद शर्मा, लक्ष्मी सापकोटा, गोबिन्द खतिवडा र भोलानाथ शर्मा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण