डोमिनिकन रिपब्लिकका मन्त्रीको कार्यकक्षमा गोली हानेर हत्या
मङ्गलबार, २४ जेठ २०७९, ०८ : १४
डोमिनिकन रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोतसाधन मन्त्रीको आफ्नै कार्यलयभित्र गोली हानेर हत्या भएको छ । ओलान्डो जोर्ग मिरालाई एक निकट साथीले गोली हानेर हत्या गरेका हुन् । आक्रमण हुँदा ५५ वर्षीय ओरलान्डो बैठकमा सहभागी थिए ।
उनीमाथि ६ राउन्ड गोली प्रहार गरिएको थियो । आत्रलमणकारी मिगुल क्रुज मन्त्री ओलान्डोका बाल्यकालदेखिकै साथी भएको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् । आक्रमणकारीलाई जेल चलान गरिएको छ । आक्रमणको कारण खुलेको छैन् ।
ओरलान्डो वर्तमान राष्ट्रपति लुइस अबिनादरको प्रशासनमा सन् २०२० को जुलाईदेखि सेवा गरेका थिए । एक ट्वीटमा राष्ट्रपति अबिनादरले ओरलान्डोको परिवारमा गहिरो समवेदना व्यक्त गर्दै आफ्नो असल साथीको मृत्युमा गहिरो दुःख व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुदूरपश्चिमलाई गौरव गर्न लायक प्रदेश बनाउने योजना छ’
-
प्रीति आलेको नयाँ गीत ‘ठकुरीको छोरी’ सार्वजनिक
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
२४ वर्षपछि विश्वकपमा फर्किएको टर्की अस्ट्रेलियासँग स्तब्ध
-
राष्ट्रिय महाधिवेशन अगाडि रास्वपा मधेस प्रदेशको अधिवेशन नहुने
-
विश्वकपमा ब्राजिलको खस्कँदो लय: भिनिसियसको जादुले छोप्यो टोलीको कमजोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण