फर्जीमत नै बुढीगंगाको झगडाको बीउ

देशैभरका ७ सय ५३ पालिकामध्ये ७ सय ५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा कार्यसमितिसमेत गठन भइसकेको छ। तर, बाजुराको बुढीगंगा नगरपालिकामा भने पुनः निर्वाचन हुने वा मतगणना हुने भन्नेमा अझै अन्योल कायमै छ।
यति बेला बुढीगंगाको निर्वाचन अन्योलतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न कोण प्रतिकोणबाट तीखो रूपले टीका-टिप्पणी पनि भइरहेका छन्। उक्त पालिकाको निर्वाचनमा जहिले पनि धाँधली हुने गरेको स्थानीय बासिन्दाको आरोप छ। ‘फर्जीमत नै बाजुराको मूल समस्या हो, विगत १५ वर्षयता निरन्तर जिल्ला निर्वाचन कार्यालय बाजुराको नेतृत्वमा रहेर निर्वाचन कार्य सम्पन्न गराएका निवृत्त प्राप्त तत्कालीन कार्यालय प्रमुख मानबहादुर थापा भन्छन्- मतदाता सर्वेक्षण गर्ने हो भने ४८ देखि ५० प्रतिशत मतदाता मात्र गाउँमा छन्।
विगतको मतदाता नामावलीमा ४ देखि ५ प्रतिशत मतदाताको मृत्युदर देखिन्छ। 'बुढीगंगामा हालको मतदाता सङ्ख्या हेर्दा ५४ प्रतिशतभन्दा बढी मतदाता गाउँमा छैनन्। मानिस गाउँमै छैनन् अनि कसरी ८० देखि १९ प्रतिशत मत खस्छ ? आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै