बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘चिसो मान्छे’ सेन्सर पास

सोमबार, २३ जेठ २०७९, २२ : ०४
सोमबार, २३ जेठ २०७९

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘चिसो मान्छे’ सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोडले फिल्म हेर्दै सबैले हेर्न मिल्ने ‘यूनिभर्सल सर्टिफिकेट’का साथ सेन्सर पास गरेको हो । 

निर्माण युनिटले करिव दुई साता अगाडि फिल्मको सेन्सर गराएको हो । फिल्म हेरेपछि सेन्सरका कर्मचारीहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । उनीहरुले, अर्को बर्ष राष्ट्रिय चलचित्र पुरस्कार पाउने चलचित्र बनेको प्रतिक्रिया दिएको निर्देशक दीपेन्द्र के खनालले बताए ।

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल मुख्य भूमिका छ । फिल्म शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । असारको ३ गतेबाट रिलिज हुने यो फिल्मको ट्रेलरलाई दर्शकले रुचाएका छन् । उनले यसअघि निर्देशन गरेको फिल्म ‘आमा’लाई पनि दर्शकले मन पराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप