शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेती नदी घाटबाट चार टिपर र एक्साभेटर नियन्त्रणमा

सोमबार, २३ जेठ २०७९, २१ : ०६
सोमबार, २३ जेठ २०७९

तनहुँको भिमाद नगरपालिका–५ झकासघाटस्थित सेती नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले चार टिपर र एक एक्साभेटर नियन्त्रणमा लिएको छ । आज दिउँसो अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले ती सवारी साधन नियन्त्रणमा लिएको हो । 

लु१क ३८३७, लु१क ३८३८, लु१क ३८३९, लु१क ४०६६ नंको टिपर र अल्फाबेट नखुलेको ५९८ नंको एक्साभेटर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भिमाद नगरपालिकाको कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप