पुस्तक तत्काल उपलब्ध गराउन सभामुखको निर्देशन
सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका कार्यक्रम समेटिएको पुस्तक तत्काल उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले मन्त्रालयगत कार्यक्रमको पुस्तिका प्राप्त नभएको भनी सभामुखको ध्यानकर्षण गराएका थिए ।
सांसदहरुले नै पटक पटक सो विषयमा चासो राख्दै प्रश्न गरेपछि सभामुखले सम्बन्धित मन्त्रालय र सरकारलाई तत्काल कार्यक्रम समेटिएको पुस्तक उपलब्ध गराउन निर्देशन दिएका हुन् । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफल प्रारम्भ भएको छ । सोही क्रममा आज कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकूद, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल भएको थियो । मन्त्रालयगत छलफल तीन दिनसम्म जारी रहनेछ ।
यस्तै मङ्गलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमाथि छलफल हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २४ गते बिहान ११ः३० बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त
-
राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूत नियुक्त
-
बैंकिङ कसुरका सबैभन्दा धेरै मुद्दा काठमाडौँ उपत्यकामा
-
मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार : प्रधानमन्त्री
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
-
५.६० अंकले घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार