शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्पोरेट क्षेत्रमा टाटा टियागोले राम्रो प्रतिक्रिया पाएको छ : कम्पनी

सोमबार, २३ जेठ २०७९, १९ : २६
सोमबार, २३ जेठ २०७९

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको विभिन्न मोडलमध्ये टियागो विशेष रूपमा कर्पोरेट क्षेत्रमा रुचाइएको दाबी गरेको । ह्याचब्यागमध्ये टाटाको टियागोले बजारमा राम्रो बजार हिस्सा ओगटेको कम्पनीको भनाई छ । 

कम्पनीका अनुसार मासिक हिसाबमा समेत टियागोको बिक्रीदर उल्लेखनीय रूपमा बढिरहेको छ । टाटा मोटर्सले टियागो निर्माणको समयमा गाडीको बाहिरी आवरण, डिजाइन र स्टाइललाई मात्र हेरेको छैन। कम्पनीले गाडीलाई सुरक्षित बनाएको छ भने ह्याचब्याक संस्करणमा रहेको टियागोमा ग्राउन्ड क्लेरेन्स र पावरमा विशेष जोड दिएको कम्पनीले जनाएको छ ।

यसै सन्दर्भमा हिमालयन बैंक लिमिटेडको आइटीका सहायक प्रबन्धक मनोज राजकर्निकार भन्छन्, ‘गाडीमा दिइएको सुरक्षा रेटिङले निर्धक्क रूपमा गाडी चलाउन एक प्रकारको विश्वास दिएको छ। म टियागोमा उत्तम ड्राइभिङ्ग अनुभवका साथ ढुक्कसँग सुरक्षित र आरामदायी यात्रा गर्न सक्छु।’

बैंकको आइटी सहायक प्रबन्धक मनोजलाई गाडीमा भएको सुरक्षासँगै यसको आन्तरिक विशेषताहरूले पनि लोभ्याएको बताउँछन्। उनले गाडीमा भएको म्युजिक सिस्टम निकै राम्रो लागेको बताए। 

आइएमई लाइफका पोखरा क्लस्टर प्रमुख कृष्ण पौडेल पनि टियागोमा भएको ब्लुटुथ म्युजिकदेखि सन्तुष्ट छन ्। उनी आफूलाई यो फिचरसँगै स्टेरिङबाटै फोन उठाउन सक्ने प्रविधि पनि मनपर्ने बताउँछन् । नेपाल एसबिआई बैंक दाङका शाखा प्रबन्धक सञ्जीव ढुङ्गेल पनि टाटा टियागो पारिवारिक गाडी रहेको बताउँछन्। 

प्रभु बैंक झापाका शाखा प्रबन्धक उपेन्द्र नेपाल १२०० सिसीको कारमध्ये टाटा टियागो निकै अब्बल र राजमार्गहरूको लागि समेत उपयुक्त रहेको बताउँछन्। 

सानिमा बैंक लि.का इन्टर्नल अडिट उप–प्रमुख सबिता ढकालको पहिलो रोजाइ पनि टाटा टियागो हो। उनलाई कारण सोध्दा गाडीमा बढी ग्राउन्ड क्लेरेन्स भएको, ड्राइभिङ अनुभव पनि सहज भएको र यसको डिजाइन पनि राम्रो भएको बताउँछिन्। 

यता नबिल बैंकका क्रेडिट प्रशासनका प्रमुख रबिन बरिया टियागोको आन्तरिक विशेषता आकर्षक लागेको बताउँछन् ।

नबिल बैंकका क्रेडिट प्रशासनका प्रमुख रबिनका अनुसार टियागोमा भएको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ७ इन्चको इनफोटेनमेन्ट स्क्रिनले पनि गाडी चलाउँदा सहजता मिल्छ । 

टाटा पेसेन्जर भेइकल बिजनेस युनिटका सेल्स तथा मार्केटिङका प्रमुख शावन्त जंग सिजापतिका अनुसार पनि ग्राहकहरूको रोजाइ विशेषतयाः सुरक्षित सावरीतर्फ रहेको बताउँछन् । उनले टियागो सुरक्षित गाडी भएकाले धेरै ग्राहकहरू यसमा आकर्षित भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप