शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लगानी बोर्डले पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने

सोमबार, २३ जेठ २०७९, १८ : ५५
सोमबार, २३ जेठ २०७९

लगानी बोर्डले ७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ ।  सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले यो परियोजना सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीले चासो राखेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।

उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटी सहितको प्रतिवेदन बनाउन सुझाव समितिले प्रतिवेदन बुझाएको पनि बताए । प्रमुख कार्यकारी अधिकृत भट्टले उक्त आयोजना प्रतिवेदनको आधारमा आयोजनालाई अघि बढाउने गरी छलफल भएको बताए । भट्टले साढे दुई दशकदेखि अल्झिएको यो परियोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर निर्माणको चरणमा ल्याउने बताए । बोर्ड बैठकले १०० मेगावाटको तामाकोसी भी र ४० मेगावाटको रौघाट जलविद्युत आयोजनाको लागि १६ अर्बको लगानी स्वीकृत गरेको सिईओ भट्टले बताए ।

प्रमुख कार्यकारी अधिकृत भट्टले अपर कर्णाली वित्तीय व्यवस्थापन म्याद थप सम्बन्धि आवश्यक निर्देशन पनि बोर्डबाट प्राप्त भएको बताए । उनले सूर्यतारा सिमेन्ट उद्योगले ओगटेको जग्गा परिवर्तन लगायतका विषयमा छलफल भएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप