सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीमा देखिएको विवाद साम्य

सोमबार, २३ जेठ २०७९, १८ : ४०
सोमबार, २३ जेठ २०७९

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा देखिएको विवाद तत्कालका लागि साम्य भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अखिल क्रान्तिकारीका दुबै पक्षसँग छलफल गरेपछि विवाद साम्य भएको हो ।

अखिल क्रान्तिकारी अध्यक्ष पन्चा सिंह भएपनि महासचिवका दाबेदार पवन कार्कीले समानान्तर कमिटी चलाएपछि विवाद चुलिएको थियो । पार्टी अध्यक्ष प्रचण्डले सोमबार विहान दुबै पक्षलाई बोलाएर छलफल गरेपछि विवाद साम्य भएको अखिल क्रान्तिकारीका पवन कार्कीले बताए । 

दुबै पक्षबीचको छलफलमा एक भई जाने सहमती भएपछि विवाद मिलेको कार्कीले बताए । पन्चा सिंह पक्षले पनि पवन कार्कीलाई गरिएको कारवाही फिर्ता हुने बताएका छन् । अब संगठनमा कुनै समानान्तर कमिटी पनि नचल्ने भएको छ । कार्कीले यसअघि महासचिव दाबी गरेका थिए । उनी महासचिव हुन नसकेपछि उपाध्यक्ष बनाएको थियो । त्यसपछि उनले निरन्तर असहमति जनाउँदै छुट्टै भेला गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप