मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

सोमबार, २३ जेठ २०७९, १८ : ०७
सोमबार, २३ जेठ २०७९

नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ । सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच भेट भएको हो ।

डेनिस इन्स्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी(डीआइपीडी)का कार्यकारी निर्देशक  Lisbeth Pilegaard को नेतृत्वमा आएको डेनिस प्रतिनिधिमण्डलको टोलीमा डेनमार्कको सोसल लिबरल पार्टीकी नेतृ Clara Halvorsen​, डिआइपीडीका सहयोग र विकास प्रमुख Mathias Parsbaek, Skibdal  र नेपाल प्रतिनिधि श्रृष्टि राणा रहेका थिए ।

भेटका क्रममा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताउनुभएको तथा शिक्षा, उर्जा, सुशासन र विकेन्द्रीकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको उनको नीजि सचिवालयले जनाएको छ ।

‘सभामुख सापकोटाले डेनमार्कको सुशासनबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै दुई देशबीच जनताको तहसम्म सम्बन्ध विस्तार गर्नुपर्ने बताएका’ उनको सचिवालयले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप