जमुनाह नाकामा कोरोनाका तीन सङ्क्रमित फेला
सोमबार, २३ जेठ २०७९, १६ : ३०
भारतबाट फर्केका तीन नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएको छ । भारतको रुपैडिहा हुँदै नेपालगञ्ज आएका उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिए ।
“केही दिनयता जमुनाहा नाका हुँदै भारतका विभिन्न स्थानबाट आउने नेपालीमा कोभिड सङ्क्रमण पुष्टि भइरहेको छ”, उनले भने । प्रमुख शाहका अनुसार आज दैलेख, प्यूठान र जाजरकोटका एक÷एक गरी तीनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनले करिब दुई सातामा आठ जनामा कोरोना सङ्क्रमण भएको उल्लेख गर्दै जमुनाह नाकामा दैनिक ५० जनाको स्वास्थ्य परीक्षण भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा