गैरआवासीय नेपाली संघले जुनको अन्त्यसम्म २५ देशमा एनसीसी गठन गर्ने
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) को पदाधिकारीहरूको बैठकले जुन २०२२ सम्म २५ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) गठन गर्ने निर्णय गरेको छ।
गत चार जुनमा संघका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा बसेको पदाधिकारीहरूको बैठकले जुन अन्तसम्म २५ वटा भन्दा धेरै देशमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) गठन गर्ने आधारसहित निर्णय गरेको हो।
हालसम्म मध्यपूर्वको साउदी अरब र क्यानडामा एनआरएनए एनसीसी गठन भएका छन्। युरोपको क्रोएसियामा पहिला नै एनसीसी गठन भएता पनि यसै हप्ता मान्यता प्रदान गरिने भएको छ। कतिपय देशमा भने अद्यावधिक रहेका एनआरएनए एनसीसीहरुले साझेदारी सहकार्यमा काम गर्न तयार भएका छन्।
अब युरोपमा ९ भन्दा धेरै एनसीसी तयारी अवस्थामा छन्। मध्यपूर्वमा र अफ्रिकामा ६, एसियामा ६, अमेरिका क्षेत्रमा २, ओसीयानियामा २ गरी २५ भन्दा धेरै एनसीसीहरु बन्ने भएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँ हिरासत फिर्ता
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?