शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा दुई समूहबीच विवाद,  प्रहरी परिचालन

सोमबार, २३ जेठ २०७९, १६ : १४
सोमबार, २३ जेठ २०७९

काठमाडौं । ललितपुरको पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा दुई समूहको बिचमा झगडा भएपछि प्रहरी परिचालन गरिएको छ । केही दिनअघि नेपाल विद्यार्थीसंघमा आबद्ध युगान्तर पौडेल समूहले कुटपिट गरेका थिए । सो विरोधमा अर्को समूहले तालाबन्दी गरेपछि विवाद चर्किएको छ । 

सोमबार विवाद बढेपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । ताला लगाउनेहरूलाई पाँचौँ सेमेस्टरमा आर्किटेक्चर विषय अध्ययनरत युगान्तर पौडेल समूहले बाहिरबाट मान्छे ल्याएर कुट्न खोजेको आरोप अर्को समूहको छ । 

युगान्तर पौडेल र रमेश केसीको समूहले कुटपिट गरेको विरोधमा अर्को समूहले लगाएको ताला फेरी पौडेले समूहले नै फुटाएका छन् । विवाद समाधानबारे क्याम्पस प्रशासन र विद्यार्थीबिचमा छलफल भइरहेको एसपी शाहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप