शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

३५ लाख लुटमा संलग्न प्रहरी हवल्दारसहित २ जना सार्वजनिक

सोमबार, २३ जेठ २०७९, १५ : ४४
सोमबार, २३ जेठ २०७९

काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टबाट ३५ लाख लुटमा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । लुटपाटमा संलग्न आरोपमा नुवाकोटको दुप्चेश्वर घर भएका २५ वर्षीय पेम्बा तामाङ र  दाङको बंगलाचुली घर भएका ३४ वर्षीय सालिकराम नेपाली पक्राउ परेका छन् ।

उनीहरु वैशाख १८ मा पक्राउ परेका हुन् । आरोपीहरुमाथि  डाँकाचोरी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

लैनचौरको ब्याडमिन्टन कोर्टस्थित खाजा घरमा सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर उनीहरुको समूहले ३५ लाख लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । जेठ ८ मा भएको सो लुटमा प्रहरीकै समूह संलग्न रहेको थाहा भएको छ ।

पक्राउ गरिएका सालिकराम नेपाली प्रहरी हवल्दार हुन् । उनी प्रहरी वृत मालिगाउँमा कार्यरत छन् । लुटमा मानव बेचविखन ब्यूरो र संगित विद्यालयमा कार्यरत प्रहरी पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । तर, जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरीको पहिचान खुलाउन अस्विकार गर्दै आएको छ । ​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप