शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

१५ औं संस्करणको नाडा अटो शो भदौ ७ गतेदेखि आयोजना हुने

सोमबार, २३ जेठ २०७९, १५ : ३८
सोमबार, २३ जेठ २०७९

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको नाडा अटो शो भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंमा आयोजना गर्ने भएको छ । सोमबार बसेको नाडाको केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अटो शोको आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त अटो शो १५ औं संस्करणको शो हो । प्रत्येक वर्ष दशैं तिहारलाई लक्षित गर्दै अटो शो गर्दै आएको नाडाले यसअघि यस्तै १४ वटा शो गरिसकेको छ । यद्यपि अघिल्ला दुई वर्ष भने कोभिड-१९ को महामारीका कारण अटो शो आयोजना हुन पाएन । तीन वर्षपछि पुनस् अटो शो गर्ने तयारी गरेको नाडाले यही बिहीबारदेखि व्यवसायीहरुलाई स्टल बुकिङ खुल्ला समेत गर्ने जनाएको छ । 

नाडाका सदस्य व्यवसायीहरुले तोकिएको मापदण्ड र शुल्क बुझाई स्टलका लागि बुकिङ गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप