शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

यौन हिंसाका घटनामा उजुरीको हदम्याद हटाउनु हुँदैन : मीनबहादुर विश्वकर्मा

सोमबार, २३ जेठ २०७९, १५ : ३४
सोमबार, २३ जेठ २०७९

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौन हिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्दाको चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाई मानसिक सन्तुलन गुमाएर सडकमा आउने अवस्था आउने भन्दै त्यस्ता जघन्य अपराधका घटनाको उजुरीका लागि हदम्याद राख्ने कानुनी व्यवस्था हटाउन नमिल्ने बताएका हुन् । 

उनले वृद्ध, अशक्त, बालबालिकाको हकमा भने समयमै उनीहरुले उजुरी दिन नसक्ने भएकाले हदम्याद हटाउन मिल्ने भए पनि सामान्य मानिसको हकमा भने त्यसो गर्न नहुने तर्क गरे । सांसद विश्वकर्माले यौन हिंसा गम्भीर अपराध भएकाले पीडकलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिन पनि सरकारसँग माग गरे । सांसद विश्वकर्माले कुनै पनि क्षेत्रको कानुन तर्जुमा गर्नु अघि त्यस विषयमा व्यापक छलफल गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप